पेशावर आक्रमण मानवताविरोधीः राष्ट्रपति डा. यादव

175
  •  
  •  
  •  

Ram-Baran-Yadav_1काठमाडौ, ३ पुस(ओएनसए) :  पाकिस्तानको पेशावरको एक सैनिक विद्यालयमा १ सय ४५ जनाको ज्यान जाने गरी गरिएको हमलाप्रति राष्ट्रपति डा. रामवरण यादवले दुःख तथा खेद व्यक्त गरेका छन् ।

राष्ट्रपति यादवले पाकिस्तान सरकारलाई पत्र पठाउँदै स-साना बालबालिकाहरूको मृत्यु र घाइते हुनेगरी गरिएको आक्रमणबाट आफू निकै दुखी भएको उल्लेख गरेका छन् । पत्रमा उनले मानवताविरूद्धको यस्तो जघन्य अपराधको निन्दा गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, यस दुखद घडीमा नेपाल सरकार, आफू स्वयं र सम्पूर्ण नेपालीको तर्फबाट पाकिस्तान सरकार मार्फत मृत्य आत्माको चीर शान्ति तथा मृतक परिवारका शोकसन्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

उनले ‘हामी सम्पूर्ण नेपाली घाइते बालबालिका तथा अन्य सबैको शीघ्र स्वास्थ्यको कामना गर्दछौ ।’, उल्लेख गरेका छन् ।


  •  
  •  
  •