नयाँ राष्ट्रपतिको चुनावी भीडन्त…(फोटोफिचर)

186
  •  
  •  
  •  

काठमाडौँ, ११ कात्तिक(ओएनएस) : व्यवस्थापिका संसदमा राष्ट्रपति पदका लागि मतदान जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायतका शीर्षस्थ नेताहरूले मतदान गरिसकेका छन् ।

यस्तै, राष्ट्रपतिका उम्मेदवारद्धय एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी र कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पनि मतदान गरिसकेका छन् । १२ बजेसम्ममा ३ सय १२ सांसदले मतदान गरेको संसद सचिवालयले जानकारी दिएको छ ।

सत्तापक्षको साझा उम्मेदवार भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने लगभग पक्का छ । उनलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहित सत्तारुढ गठबन्धनको समर्थन छ ।

व्यवस्थापिका संसदमा ५९९ सांसद छन् । राष्ट्रपतिमा निर्वाचित हुन २९९ मत आवश्यक पर्छ ।President election 2 (3) President election 2 (2) President election 2 (1) President election 2 (14) President election 2 (13) President election 2 (12) President election 2 (11) President election 2 (10) President election 2 (9) President election 2 (8) President election 2 (7) President election 2 (6) President election 2 (5) President election 2 (4)


  •  
  •  
  •