राष्ट्रपति चीन प्रस्थान, जनतालाई सास्ती…(तस्विरसहित)

259
  •  
  •  
  •  

president china visitकाठमाडौ, १२ चैत(ओएनएस) : बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा भाग लिन राष्ट्रपति डा. रामवरण यादव आज चीन प्रस्थान गरेका छन् ।

traffic problem1चीनको हेनानमा रहेको बोआओमा चैत १२ देखि १५ गतेसम्म हुने ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिन डाक्टर यादव आज चीन प्रस्थान गरेका छन् । उनले चैत १४ गते बिहान सम्मेलनलाई सम्बोधन गर्नेछन् । सोही दिन उनले चिनियाँ समकक्षी सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

traffic problem4सातदिने चीन भ्रमणक्रममा आज साँझ राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डल हेनान प्रान्तको सान्या पुग्नेछ । एकदिने सान्या बसाईक्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नुका साथै नान्सा उद्यान भ्रमण गर्ने छन् ।

traffic problem8मन्त्रालयका अनुसार भोली शुक्रबार राष्ट्रपति यादवले उक्त उद्यानमा नेपाल–चीन सांस्कृतिक केन्द्रमा नेपाल मण्डपको उद्घाटन गर्नेछन् । सान्याबाट शनिबार बिहान उनले सम्मेलनस्थल बोआओ पुग्नेछन् । सोही दिन सम्मेलनलाई उनले सम्बोधन गर्ने र त्यसपछि चिनियाँ राष्ट्रपतिले सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।

राष्ट्रपतिको चीन भ्रमणका क्रममा सुरक्षाका लागि गरिएको प्रबन्धका कारण विगत जसरी नै जनताले सास्ती भोगेका छन् । सडक खाली गराएर सवारी हुने प्रचलनका कारण आफ्नो कामका लागि हिडेका यात्रुले सास्ती भोगेका थिए ।

गन्तव्यमा पुग्नका लागि आतुर रहेका यात्रुहरूले सवारीका कारणकरिब २ घण्टासम्म गन्तव्यमा पुग्नका लागि निकै सास्ती भोग्नु परेको थियो । सवारीका लागि प्रयोग गरिने शीलतनिवासदेखी जमल, रत्नपार्क, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तिनकुने क्षेत्रको यातायात अस्तव्यस्त बनेको थियो । सवारी पछि पनि सवारी निर्वाध रूपमा चल्नका लागि लामो समय लागेको छ । 

traffic problem7 traffic problem2 traffic problemtraffic problem5


  •  
  •  
  •