राष्ट्रपतिद्वारा पुनःनिर्माण अभियानको उद्घाटन

134
  •  
  •  
  •  

काठमाडौँ, २ माघ(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण अभियानको उद्घाटन गरेकी छन् ।

माघ २ गते अर्थात् भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुनःनिर्माण अभियानको उद्घाटन गरेकी हुन् । राष्ट्रपति भण्डारीले गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति भएको काठमाडौको रानीपोखरीको पुनःनिर्माणको उद्घाटन गर्दै पुनःनिर्माण अभियानको उद्घाटन गरेकी हुन् । मुख्य पुनःनिर्माणको कार्य भने आगामी बैशाख १२ गतेदेखी मात्र सुरूवात हुनेछ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमतिस्थित भूकम्पले क्षति पुर्‍याएको पुरातात्विक सम्पदा पुन:निर्माण कार्ययोजना सार्वजनिक गर्ने छन् । नीतिगत रूपमा केही काम सुरु भए पनि निजी घर, सार्वजनिक र पुरातात्त्विक संरचना पुनस्निर्माण भने तत्काल सुरु नहुने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित मन्त्रालयहरूले पेस गरेको बजेट स्वीकृतिको चरणमा छ । सोही कारण वास्तविक काम थाल्न समय लागेको हो । ‘रानीपोखरी पुनस्निर्माणको बोलपत्र आहवान भइसकेको छैन ।


  •  
  •  
  •