तोकिएको मितिमा संबिधान जारी गर : राष्ट्रपति यादव

202
  •  
  •  
  •  

Ram-Baran-Yadav_1रुपन्देही, २९ कात्तिक(ओएनएस) :  राष्ट्रपति डा.रामवरण यादवले तोकिएकै मितिमा  संबिधान जारी गरिनुपर्ने बताउनु भएको छ । नेपाली जनताको चाहना अनुरुप राजनैतिक दलका नेता तथा संबिधानसभाका सदस्यले बिगतमा भएका परिवर्तन, लोकतन्त्र, धर्म निरपेक्ष र समाबेशीलाई समेटेर सहमति अनुसार संबिधान जारी गरिनु पर्ने बताउनुभयो ।

लुम्बिनीमा शनिबारदेखि शुरु भएको अन्तराष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति डा यादवले जनतालाई केन्द्र बिन्दुमा राखेर संबिधान बनोस भगवान गौतम बुद्धसंग आर्शिबाद माग्न आएको बताउनु भयो । उहाले  शान्ति र सम्वृद्धि स्थापित गर्न नेपालसंग क्षमता र सम्भावना रहेकाले अन्तर्राष्ट«िय समुदायले पनि नेपाललाई नजिकले नियालिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मेलनले लुम्बिनी र बुद्ध धर्मको बिकासका लागि महत्वपूण निश्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले नेपाल लगायत विश्वभर बुद्ध शिक्षा फैलाउन सम्मेलनले महत्वपूण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, म्यानमारका धामिर्क मामिला सम्बन्धि मन्त्री ऊ सोउ विनले बौद्ध संस्कृति र सम्पदाको संरक्षणका लागि विश्व बौद्ध संघको स्थापना गर्ने प्रस्ताव राख्दै त्यस्तो विश्वव्यापी अभियानमा संलग्न हुन म्यानमार तयार रहेको बताउनुभयो ।  उद्घाटन समारोहमा बोल्दै सहआयोजक थेरवाद बुद्धिष्ट एकेडेमीका अध्यक्ष तथा सम्मेलनका सहअध्यक्ष भिक्षु डा ज्ञानपूणिर्क महास्थविरले लुम्बिनीका बौद्ध सम्पदाको बिकास र संरक्षणको काम तीव्र रुपमा हुदै गरे पनि आध्यात्मिक पक्ष भने पछि परेको बताउनुभयो । उहाले बुद्ध  शिक्षाको पनि प्रचार प्रसार गर्नु उत्तिकै महत्वपूर्ण रहेको बताउदै यस सम्मेलनले संसारभरका बौद्ध धर्मालम्वीहरुले भोग्नुपरेका समस्याहरुको व्यावहारिक समाधान निस्कने विश्वास व्यत्त गर्नुभयो ।

म्यानमारको सितगु ईन्टरनेशनल बुद्धिष्ट एकेडेमीका अध्यक्ष तथा सम्मेलनका सहअध्यक्ष भिक्षु डा अशिन ञ्ाँनस्सिरले सत्य र शान्तिका लागि धर्मको बाटो अपनाउन जोड दिनुभयो । लुम्बिनीका बौद्ध सम्पदाहरु तीव्र रुपमा विग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै तिनको संरक्षण र सुरक्षा गर्न हतार भैसकेको बताउनुभयो ।

बौद्ध संस्कृतिको संरक्षण, सम्वद्धन र सुरक्षाका बारेमा प्रमुख वक्ताका रुपमा बोल्दै प्राध्यापक तिलकरत्नेले बौद्ध संस्कृतिलाई मानव निमिर्त खतराबाट मुक्त राख्नु पर्ने बताउनुभयो । सबै धर्म संस्कृति कुनै दवाव र प्रभाव बिना सबै धर्मको सहअस्तित्वका लागि काम गर्नु पर्नेमा उहाले जोड दिनुभयो ।

अर्का प्रमुख वक्ता नेपालका भिक्षु डा सुगन्धले बुद्ध धर्मको सार नै शिक्षा भएको बताउनु भयो । बुद्ध धर्मको मुख्य शिक्षा अष्टाङगिग मार्ग लुम्बिनीबाटै शुरु भएको दावी गर्दै उहाले लुम्बिनी स्थित अशोक स्तम्भमा रहेको अभिलेखमा उल्लेखित ”अठभागियेच उबलिकेकटे” शव्दावली मार्फत सम्राट अशोकले अष्टांगिक मार्ग अवलम्बन गर्न अनुरोध गरेको बताउनुभयो ।

त्यस्तै, लुम्बिनीका बौद्ध सम्पदाहरुका बारेमा बोल्दै बेलायतका प्राध्यापक रोबिन कनिङघमले लुम्बिनीका प्राचीन बौद्ध सम्पदाहरुको अध्ययनबाट बुद्धकालीन सम्पदाहरुको बारेमा थप प्रकाश पार्ने बताउनुभयो । बुद्धकालीन सम्पदाहरुमा काठ र माटोको प्रयोग बढी देखिएको उहाले बताउनुभयो । दर्शकहरुको वृद्धिले लुम्बिनीको पुरातात्त्विक महत्वका संरचनाहरुलाई खतरामा पारिरहेको भन्दै प्राध्यापक कनिङघमले लुम्बिनीका बौद्ध सम्पदाको संरक्षण र त्यहा आउने अवलोकनकर्ताहरुको संख्यालाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


  •  
  •  
  •