राष्ट्रपतिबाट उपराष्ट्रपति र प्रधानमन्त्रीलाई टीका र जमरा प्रदान

108
  •  
  •  
  •  

काठमाडौं, १७ असोज (ओएनएस): विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति डा. रामवरण यादवले उपराष्ट्रपति परमानन्द झालाई टीका र जमरा प्रदान गरेका छन् । त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले पनि राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गरे ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समरोहमा राष्ट्रपति डा यादवको हातबाट पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरुले टीका र जमरा लगाए ।
राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका लगाउन दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्मको समय प्रदान गरिएको छ । राष्ट्रपति निवासमा अहिले टीका लगाउन जाने सर्वसाधारणको ठूलो घुइँचो रहेको छ ।


  •  
  •  
  •