राष्ट्रपति डा यादवद्वारा शक्तिपीठहरुमा पूजाआराधना

55
  •  
  •  
  •  

काठमाडौं, १६ असोज (ओएनएस) : महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठहरुमा गई शक्ति स्वरुपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गरेका छन् ।
राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायतका शक्तिस्वरुपा देवीको दर्शन गरेका हुन् ।

ती शक्तिपीठहरुमा पूजाआजा गर्नका लागि बिहानैदेखि दर्शनार्थीहरुको ठूलो भीड लागिरहेको छ ।


  •  
  •  
  •