राष्ट्रपति फूलपाती बढाइँमा सरिक

62
  •  
  •  
  •  

काठमाडौं, १५ असोज(ओएनएस) राष्ट्रपति डा रामवरण यादव नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा  आज अपराह्न आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भएका छन ।
सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गरेका थिए ।

छिटो लहरे बढाइँ, एकट्ठा बढाइँ, एकसाथ लहरे बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो । साथै १५ तोपको लहरे, पाँच तोपको एकट्ठा र नौतोपको लहरे बढाइँ गरिएको थियो ।  समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्रीका समेत कार्यभार सम्हाल्नु भएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधान मन्त्री प्रकाशमान सिहं ,मन्त्रिगण, नेपालस्थित कूतनीतिक नियोगका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यस अधि राष्ट्रपति डा यादव समारोहस्थलमा पुग्नुहुँदा प्रधानसेनापति गौरवशम्शेर राणाले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति समक्ष नेपाली सेनाले सलामी अर्पण गरेको थियो । फूतपाती बढाइँ समारोह हेर्न सैनिक मञ्च वरपर सर्वसाधारणको भीड लागेको थियो


  •  
  •  
  •