एक्लिदैं राष्ट्रपति !

281
  •  
  •  
  •  

काठमाडौं २४ भदौ (ओएनएस) : ०६५ बैशाख २० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्यो । प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै १४ राजनीतिक दलले राष्ट्रपतिलाई सेनापतिमाथिको कारवाही फिर्ता लिन आग्रह गरेपछि राष्ट्रपतिले सेनापतिमाथिको कारवाही फिर्ता गरे । राष्ट्रपतिको सो कदमप्रति एमाओवादीबाहेक सबैले स्वागत गरे ।

सेनापति प्रकरणमा एमामाओवादीबाहेक सबै दल, नागरिक समाज, बुद्धिजिवीलगायतले राष्ट्रपतिको कदमको स्वागत गरेका थिए ।
कटवाल प्रकरणपछि भने राष्ट्रपतिले सबैको विश्वास गुमाउँदै गएका छन् । एमाओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकार प्रतिस्थापन गर्न तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिले खेलेको भुमिकाप्रति एमाओवादीबाहेक सबै दल, नागरिक समाज, बुद्धिजिवी, कानुनविदलगायतले विरोध गरे । सोको नेपाली कांग्रेस, एमालेलगायतका दलले चर्को विरोध गरे । नेपाल बार एसोसिएशनले त रेग्मी मन्त्रिपरिषद अध्यक्ष नियुक्त गरिएको ०७९ चैत्र एक गतेलाई कालो दिन भनेका छन् ।

एमाओवादीले हेटौंडा महाधिवेशनबाट ल्याएको प्रस्तावमा राष्ट्रपतिले सहमति जनाएको भन्दै त्यसको सबैभन्दा बढी विरोध कांग्रेसले गरेको थियो । भट्टराई सरकारको विकल्पमा कांग्रेसले पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो । कोइरालाको नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले अस्विकार गरेपछि प्रधानन्यायाधीशको नेतृत्वका सरकार चुनावी सरकार गठन भएको थियो । उता एमाओवादी आफ्नो नेतृत्वको सरकारलाई सहयोग नगरेको भन्दै राष्ट्रपतिसँग रुष्ट बनिसकेका थिए ।

चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीशले सम्हालेसँगै रिक्त रहेका संवैधानिक पदमा नियुक्ती हुन थाल्यो । उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नाम सिफारिस गरेको थियो । कार्कीको नाम सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जसको चौतर्फी विरोध भएको थियो । सुरुमा राष्ट्रपतिले कार्कीको नाममा पुर्नविचार गर्न फिर्ता पठाएपनि पछि भने कार्कीलाई अख्तियार प्रमुखको शपथ दिलाएका थिए ।

त्यो भन्दा पहिला नै कांग्रेसको १२ महाधिवशनमा अध्यक्षका उम्मेदवार सुशील कोइरालालाई जिताउन राष्ट्रपतिले प्रत्यक्ष भुमिका खेलेको भन्दै कांग्रेसकै अर्कै खेमा शेरवहादुर देउपा पक्ष राष्ट्रपति संग रुष्ट भएका थिए । देउवा पक्षले आफ्नो मर्यादा नाघेर दही चिउरा खुवाउँदै कोइरालालाई जिताउन भुमिका निर्वाह गरेको आरोप लगाएका थिए ।

स्रोत अनुसार संविधानसभाको निर्वाचना आफ्ना छोरा चन्द्रमोहन यादवलाई जिताउन तत्कालीन मन्त्रिपरिषद अध्यक्षमार्फत गृहमन्त्री माधव घिमिरेमार्फत पदको दुरुपयोग गरेको सोही क्षेत्रका एमाले उम्मेदवार रघुवीर महाशेठले आरोप लगाएका थिए । महाशेठले राष्ट्रपतिले पदको दुरुपयोग गरेको भन्दै संविधानसभा अदालतमा उजुरी समेत दिएका छन् । ‘उहाँले आफ्नो पदीय मर्यादा विपरित आफ्नो छोरालाई चुनाव जिताउन पदको दुरुपयोग गर्नुभएको छ, कांग्रेस कै एक नेताले भने,‘पहिला पहिला भद्र देखिने राष्ट्रपतिमा आजभोली सत्ता मोह देखिन थालकेको छ ।’

गिरिजाप्रसाद कोइराला रहँदा सम्म संवैधानिक दायरामा रहेका राष्ट्रपति कोइरालाको अवशानपछि भने केही सक्रिय हुन चाहेको निकटहरुको बुझाई छ । उनी जो प्रधानमन्त्री भएपनि आफू अनुकुलका मानिस नियुक्त गर्न चाहन्छन् । ताकि काम गर्ने बेलामा आफु अनुकुल होस् ।
स्रोतका अनुसार संविधानसभा निर्वाचनपछि नयाँ सरकार गठनका विषयमा कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिको सवत्र विरोध भएपनि त्यस विषयमा राष्ट्रपति मौन रहे । उनी जसरी भएपनि सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन चाहन्थे ।

त्यस विषयमा राष्ट्रपतिले कतिसम्म हतार गरे भने सुशील कोइराला प्रधानमन्त्रीको नियुक्त भएको भोली पल्ट माघ २७ गते मंगलवार पथ्र्यो । कोइरालाले मंगलवार खरो बार भएको उल्लेख गर्दै मंगलवारपछिमात्र शपथ ग्रहण गर्ने बताएका थिए । तर, राष्ट्रपतिले मंगलवार भएर केही नहुने भन्दै मंगलवार नै शपथ दिलाएका थिए ।

प्रधानमन्त्रीमा कोइरालाले शपथ लिएपछि केही दिनमा कोइरालालाई बोलाएर सात बुँदे लिखित निर्देशन नै दिए । राष्ट्रपतिले निर्वाचित प्रधानमन्त्रीलाई निर्देशनमात्र दिएनन, सो कुरा मिडियामासमेत ल्याए । जुन कामबाट प्रधानमन्त्री कोइराला राष्ट्रपतिसँग रुष्ट बनेका छन् । राष्ट्रपतिले औपचारिक कार्यक्रममा लिखित निर्देशन दिएपछि राष्ट्रपति र प्रधानमन्त्री कोइरालाबीच चिसोपना बढेको छ । राष्ट्रपति र प्रधानमन्त्री कोइरालाको सम्बन्ध कतिसम्म चिसिएको छ भने राष्ट्रपतिले बोलाउँदासमेत प्रधानमन्त्री शीतल निवास गएका छैनन् ।

कोइराला अमेरिकाबाट उपचार गरेर फर्केपछि एकपटकपनि जानकारी गराउन शितल निवास गएनन् । अझ कोइराला उपचारको क्रममा अमेरिका गएपछि राष्ट्रपतिले रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाउन खेल नै सुरु गरे । जसबाट एमाले निकै सशंकित बनेको छ । पछिल्लो समय राष्ट्रपतिको कांग्रेस महामन्त्री कृष्ण सिटौलासँगको सम्बन्धमा पनि चिसोपना आएको छ । यतिबेला कोइराला र संस्थापन पक्षसँग सम्बन्ध विग्रिएपछि राष्ट्रपति देउवापक्षसँग सम्बन्ध सुधारको प्रयासमा लागेका छन् । उनले देउवा नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरेको भन्दै कोइराला राष्ट्रपतिसँग झन चिढिएका छन् ।

यता एमाले महाधिवेशनताका राष्ट्रपति यादवले स्पष्ट रुपमा केपी ओलीको पक्ष लिएका थिए । महाधिवेशनपुर्व केपी ओलीलाई राष्ट्रपति भवन बोलाएर सहयोग चाहिन्छ भने भन्न आग्रहमात्र गरेनन, जीतको अग्रिम शुभकामना दिएका थिए । तर, अध्यक्षका अर्का प्रत्यासी रहेका माधव नेपालसँग भने उनल भेट्न मानेनन् । नेपालकातर्फबाट प्रतिनिधिका रुपमा रघुजी पन्तलाई भेटेका थिए ।

राष्ट्रपतिले केपी अध्यक्ष भएपछि संसदबाट राष्ट्रपति अनुमोदनको विषय उठाँउदैनन भन्ने विश्वास राष्ट्रपतिलाई थियो । तर, ओलीले रोष्ट्रममा उभिएर वर्तमान संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिलाई नचिन्ने बताएपछि भने राष्ट्रपति यादव झस्केका छन् ।


  •  
  •  
  •