राष्ट्रपतिको शपथ आज अपरान्ह

193
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएकी छिन्।

दोस्रो कार्यकालका लागि मंगलबार निर्वाचित भएकी राष्ट्रपति भण्डारीले बुधबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको  राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ। उनको कार्यकाल पाँच वर्षको हुनेछ।


  •  
  •  
  •