इजिप्टको राष्ट्रपतिमा सिसी विजयी

420
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (एजेन्सी) : इजिप्टमा राष्ट्रपतिका लागि हालै भएको निर्वाचनमा त्यहाँका पूर्व सैनिक जर्नेल अब्देल फताह अल सिसी विजयी हुनुभएको औपचारिक घोषणा मङ्गलाबर गरिएको छ । गत हप्ताको सो निर्वाचनमा उहाँको विजय सुनिश्चित भनिएको भएपनि त्यसको औपचारिक घोषणा भने गरिएको थिएन । मङ्लबार सो घोषणा गरिएको हो । यसअघि नै उनले निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेका छन् । इजिप्टको निर्वाचन आयोगले मङ्गलबार अबेरतिर उहाँ इजिप्टको राष्ट्रपतिमा विजयी भएको घोषणा गरेको हो ।

उनले ९६.९१ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उनको विपक्षमा उम्मेदवार बन्नुभएका बामपन्थी पृष्ठभूमिका अर्का नेता हमदेख सबाइले भने ३ प्रतिशत मात्र मत प्राप्त गरे । एत्यहाँका राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ को जुलाईमा सत्ताबाट सैनिक कू गरी हटाइएपछि पहिलो पटक नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो । मोर्सीलाई सत्ताबाट हटाएपछि सो समयमा सैनिक प्रमुख रहेका सिसीले आफूले सैनिक प्रमुखबाट राजिनामा दिई राष्ट्रपतिमा उम्मेदवार हुने घोषणा गरे । सन् २०१२ मा इजिप्टमा भएको पहिलो आमनिर्वाचनपछिका मोहमद मोर्सीले नै उनलाई इजिप्टको रक्षा मन्त्री र सैनिक प्रमुखमा नियुक्त गरेका थिए । पछि सिसीले नै उनलाई सत्ताच्युत गरे ।


  •  
  •  
  •