यस्ता छन् विश्वका गरिव राष्ट्रपति

467
  •  
  •  
  •  

काठमाडौं (एजेन्सी) : नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधा सम्पन्न हवेलीको बास, सुबिधा सम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन् धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन् गरीव मुलुकका ठाँटिला नेताहरु भनेर ।
तर दक्षिण अमेरिकी मुलुक उरुग्वेका बहालवाला राष्ट्रपति जोसे मुज्काले गान्धीको भन्दा पनि सादगी जीवनशैली अपनाएर संसारका नेताहरुलाई चुनौती दिएका छन् । सन् २०१० मार्चबाट उरुग्वेका राष्ट्रपति रहेका यी ७७ बर्ष बुढा राजधानीको छेउमा श्रीमतीको सामान्य कृषि फार्ममा बस्छन् र तलव वापत आउने अधिकांश रकम गरीवका लागि दान दिन्छन् । सरकारले दिएको सुबिधा सम्पन्न आवास र गाडी त्यागेर श्रीमतीको फार्म हाउसमा बस्न थालेका यी बुढाले सागदी जीवनशैली अपनाएर बिश्वका नेताहरुलाई चुनौती दिएका छन्भने सवैभन्दा गरीव राष्ट्रपतिको पहिचानपनि बनाएका छन् । श्रीमतीको फार्महाउसमा बसिरहेका उनलाई केवल ३ जना पुलिस र २ कुकुरले सुरक्षा दिन्छन् ।
त्यसमध्ये १ कुकुर ३ वटा खुट्टा भएको अर्थात अपांग छ । आफूले पाउने १२ हजार अमेरिकी डलर तलवमध्ये ९० प्रतिशत दान दिने मुज्काले श्रीमतीसंगै मिलेर फार्महाउसमा आफै काम गर्छन् । सन् १९६० र ७० को दशकमा कम्युनिष्ट बिद्रोही संगठनको नेतृत्व गरेका यी नेताले ६ पटक गोली खाएका छन्भने करिव १४ बर्ष जेल जीवन बिताएका छन् । आफ्नो फूल खेतनिर पुरानो कुर्सीमा बसेका राष्ट्रपति मुज्काले भने, ‘मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ, मसंग जेजति त्यसैबाट राम्रो तरिकाले जीवन जीउन सक्छु ।’ जेलमा बस्दाका तीनै कठिन दिनले आफूलाई सादा जीवन जीउन सिकाएको उनले बताए । राष्ट्रपति बस्ने श्रीमतीको फार्महाउसको घर र उनको सम्पत्तिको नाममा रहेको उनको भक्सवागन गाडी सन् २०१० मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसंग १ हजार ८ सय डलर पर्ने भक्सवागनको पुरानो गाडी मात्र थियो । ‘मलाई कंगाल राष्ट्रपति भन्छन् तर मलाई त्यस्तो लाग्दैन’ राष्ट्रपति महोदयले भने, ‘गरीव त ती हुन् जो आफ्नो रवाफिलो जीवनशैली कायम राख्नका लागि मात्र काम गर्छन्, जहिले धेरैभन्दा धेरै कमाउन चाहन्छन ।’


  •  
  •  
  •