राष्ट्रपति भण्डारी सन्देश,बिबिध साँस्कृतीक पर्वले अनेकतामा एकता कायम गरोस्

373
  •  
  •  
  •  

काठमाडौं,३० पुष (ओएनएस): “मकर संक्रान्ति तथा माघी पर्व २०७४” को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेकी छन् ।

नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वहरुको आ-आफ्नै राष्ट्रिय महत्व रहेको र यीनीहरुले नेपाललाइ विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेलेका शुभकाना सन्देश मार्फत जनाएकी छन् । बिविध पर्वहरुले नेपालका विभिन्न जातजातिवीच एकआपसमा भाइचाराको सम्वन्ध बढाइ राष्ट्रिय एकता सुदृढ वनाउन मद्दत गर्नेमा बिश्वास ब्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालमा मनाइने चाडपर्वले  भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको शुभकामना सन्देश मार्फत जनाएकी छन् ।


  •  
  •  
  •