‘कोरोनालाई सानो मान्नु हुँदैन, लागि हाल्यो भने डराउनु पनि पर्दैन्’

73
  •  
  •  
  •  

तिमि हामी यसरी भेटभाको दिन
मन मेरो लौननी बैमानी किन ?
तिमि हामी यसरी भेटभाको दिन
मन मेरो लौननी बैमानी किन ?
बाँझो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाँझो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा

नमस्कार म प्रेम राज महत । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर राज्यबाट ।
कोरोनाले संसार छोडेन, एउटा साधारण व्यक्ति गिट्टि कुट्नेदेखि लिएर अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मका लागि ।

वरिष्ठ लोकगायक प्रेमराजा महत र पत्नी कविता केसी

बेलायतका प्रधानमन्त्री संसारका कस्ता कस्ता व्यक्तिहरु, डाक्टरहरु, सबलाई समातेर यसले ध्वस्त पनि बनायो । त्यसकारण यो सानो रोग होइन् । मलाई रुघाखोकी लाग्यो । मेरो श्रीमतीलाई रुघा लागेको जस्तो भएको थियो । शरिर पनि अलि सिथिल सिथिल जस्तो भएको थियो । एकै घण्टाभित्र तपाईलाई संक्रमण छ कोभिडको भनेर खबर गरेपछि हामी झसंग भयौंँ । झसँग हुने वित्तिकै मैले श्रीमतीलाई पनि अनात्तिनु भने ।
अरुलाई पनि सर्न सक्छ । अरुलाई पनि पिर पर्छ भनेर थाहा पाउने वित्तिकै सामाजिक सञ्जालनमा हामीलाई कोरोना भएको छ । हामीसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई अरुसँग सम्पर्क भएको छ भने तुरुन्तै उहाँहरुलाइ सतर्क रहन आग्रह ग¥यौँ । यसको कुने औषधि हुँदैन । टाउको दुःखेको र ज्वरो आएको औषधि खाने हो । मलाई डाक्टरले हस्पिटल जानुस् भन्नुभयो । मलाई जान मन लागेन । मैले भने हामी श्रीमान श्रीमती घरै जान्छौं । भिन्दाभिन्दै कोठामा बस्छौँ । औषधि खाएर त्यसलाई निस्तेज गर्ने प्रयास हामीले ग¥यौँ । हामीलाई २÷४ दिन एकदम ज्यान गल्ने, अत्यास लाग्ने भएको थियो । धैयता राख्यौँ । ल है हामीलाई यस्तो भयो । भने यस्तो गर्नुस् यस्तो खानुस् । यसरी सुत्नुस भन्यौँ ।
कोरोनालाई सानो मान्नै हुँदैन् । भै हाल्यो भने डराउनु पर्दैन् । यसले खाना रचाउँदैन् । कोहि कोहिलाई रुच्दो रहेछ । नभए यसले खाना रुचाउँदैन् । जिउरोमा टेष्ट पनि हुँदैन् ।
गेडागुडीका झोलहरु खाने, आफुलाई संयमता दिनुभयो भने कोरोनबाट मुक्ति पाइन्छ । तर आफुलाई भएपछि अरुलाई नभन्ने, गोप्य रुपमा राख्ने, अरुलाई नसर्ने, किसिमको सिस्टममा जानु हुँदैन् । संयमता लिएर यो काम गरियो भने सबैलाई बचाउन पनि सकिन्छ । आफु पनि बाँचिन्छ । यसमा कुनै डर छैन् ।
त्यसैले म सबैलाई दिलैदेखि के भन्छुभने कोरोनाको सतर्कता अपनाउनुहोस् । मजासँग खानपिा खाएर आत्मवललाई जितेर आफु फेरि काममा फर्कनुहोस् । सन्चो भइरसकेको मान्छे देखेरे तर्सनै पर्दैन् ।
सन्चो भएको मान्छेबाट कुनै संक्रमण हुँदन् । छिछि दुरदुर गर्ने भावना पटकै गर्नुहुँदैन ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा वरिष्ठ लोकगायक प्रेमराजा महतसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •