प्रेमका रङहरू

224
  •  
  •  
  •  

प्रेमका रङहरू त्यो गुलाबी उमेरमा
गालामा चढ्दै गरेका गुलाबी रङ्गझै थिए
प्रेमका रङहरू ती बैशालु उमेरमा
हातमा समाएर एक अर्कासँग
चियर्स झैँ गरेका रंगिन ति वाइन झैँ थिए
प्रेमका रङहरू बुढ्यौली उमेरमा
आफ्नै रंगिन तस्बिरबाट बैशालु रङहरू हराएपछि
किल्टिमा उम्लदै गरेको त्यहि फिक्का चियाका
फिक्का रङहरू झै थिए

भएर पनि नभएको प्रेम
अनि नभएर पनि भएको प्रेम
मायाले पाउमा लगाउने ती पाउजुका
छमछम आवाजसँग
मायाले हातमा लगाउने ती चुराका
छङ छङ आवाजसँग
मायाका ओठमा छाउने मिठ्ठो मुस्कानसँग
भेटेर आउँदा किन वर्णन गथ्र्यो
उसले आफ्नी मायाको
त्यो क्याफेमा कफिका चुस्किहरूसँगै

सोध्ने गथ्र्यो मायालाई मैले लगाइदिने
हिराको औठीसँग साटिने
मायाको मुस्कानको चमक
समुन्द्रको किनारमा मैले बनाएको
मेरी मायाको त्यो सुन्दर मुस्कान
समाएको छालसँगै फिक्का भएर हरायो भने

म किन मुस्कुराउँथे तिम्रो मायाको वर्णनमा
तिमिले तिम्रो मायाको लागि ल्याएको
गुलाफका फुलका ती सुभाषसँग म किन हराउँथे
चुप चाप डायरिमा म तिम्रै लागि शब्दहरू
म किन कोरिरहन्थे
के प्रेम मौन हुन्छन
या प्रेमको कुनै मूल्य हुन्छ

तिम्रि मायालाई मन नपर्ने
फुटपाटका सस्ता चप्पलहरू
सपिङ मलमा पुगेपछि
महङ्गो बुटसँग किन मुस्कुराउँथिन
फुटपाथमा तिमिले र मैले पिउने
चियाका ती स्वादहरूसँग मुस्कुराउने
तिम्रो र मेरो मुस्कान
किन बिझाउँथ्यो तिम्री मायालाई

ओइलाएका ती गुलाफका फुलहरू
मन नपर्ने तिमि
भन्थ्यौ प्रेम सँधै भर्खरै फुलेको
त्यो गुलाफको फुल झैँ ताजा हुनुपर्छ
खुल्ला छाडिएका मेरि मायाको केश जस्तै
प्रेम सँधै मगमगाउनुपर्छ

एकदिन तिमिले भन्यौ
भेट्दिनस मेरि मायालाई
मैले भने कस्ता छिन तिम्रि माया
तिमिले मुस्कुराउँदै भन्यौ
चुरोट पिउँदै आफ्ना ओठबाट
ऊ धुवाहरू उडाउँछे
हातमा लिएका रंगिन वाइनहरूसँग
रंगिन मेरि मायाका मुस्कानहरू
कैद हुन्छन क्यानाभाषमा
सिसाका महलहरू मैले बनाएको छु
मेरि मायाको लागि
जहाँ उनी खुव मुस्कुराउँछिन

आँखाहरू बन्द गरेर म तिमीसँगै हिँडे
तिम्रि मायालाई भेट्नु जो थियो
मैले सोधे खोइ त तिम्रि माया
ठुलो त्यो ऐनामा हेर त
मेरि माया मुस्कुराउदैछिन मेरै सामु
मेरि माया सपनिमा थिइन्
जसलाई म भेट्न चाहन्थे प्रेम बनेर
प्रेम त्यहि मुस्कान थियो
जुन हामिले साथ बितायौँ
गुलाफका ति राता रङहरू
केही समएपछि फिक्का हुनेछन्
तर मायाका रङहरू
थपिएका चस्माका पावरसँगै
केही समएपछि पुछेर हेर्दा अझै गाढा देखिने छ

प्रेमका किताबहरू
प्रेमका शव्दहरू
प्रेमका तस्बिरहरू
सोध्दै थिए किन र कसरी बदलिए
मायाका मुस्कानहरू
त्यो क्याफेका कफिका स्वादसँगै
साथमा छुटेका प्रेमहरू
बफिक्रि जीन्दगीका रङहरुलाई
धुवासँग उडाउने माया
पत्रा पत्रा भएर उडिरहेका गुलावहरु
फिक्का ओठका मुस्कानहरुसँग
अस्ताउँदै गरेका प्रेमहरु
किन लेख्थे मायाका गाथाहरु

ऐनाबाट हराउँदै गरेका गुलाबी गालाहरूसँगै
ओइलाएका गुलाफको फुलसँगै
चस्माहरू पुछ्दै पढिएका एकथान प्रेमका कितावहरूमा
मोटो मोटो चस्मा लगाएर
फुटपाथमा पानीपुरी खाँदै
प्रेमका किताबहरू पढिरहेकी
मायाको सामु किन आउँछिन्
तेजावहरूले जलाइएका मायाको मुहारहरु
प्रेमका घृणाहरू प्रेमका बाछिटाहरु
किन जलाउँथे तेजाव बनेर मायाका मुहारहरू

धुँवा बनेर उडिरहेका प्रेमहरू
किन भौतारिरहन्थे मायाको खोजिमा
गुलाबका फुल र एकथान प्रेमका किताबहरू बोकेर
गुलाबी उमेरमा गुलाबी रङ बनेर आउने प्रेम
किन पर्खिन्थिन माया समुन्द्रको लहरसँगै
थोता गिजा र चाहुरिएका अनुहारसँगै
भेटिएर अनि पढेर छाडिएका
प्रेमका किताबहरु सामु
मायाको हातको आँैलामा टल्किएको हिराको औठि
किन बग्न सकेनन समुन्द्रका ती छालहरूसँगै
प्रेमका यादहरू बनेर


  •  
  •  
  •