म्यानचेस्टर सिटीले जित्याे प्रिमियर लिगकाे उपाधि

90
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिटीको यो लगातार दोस्रो सिजनको उपाधि हो। गत सिजन पनि सिटीले नै प्रिमियर लिगको उपाधि जितेको थियो।

सन् १९९२ यता सिटीले छैटाैं उपाधि जित्न सफल भयो। उसले पहिलो पटक सन् २०११ मा पहिलो पटक उपाधि जितेको थियो। त्यसपछि सन् २०१३ मा उपाधि जितेको थियो। २०१७ र २०१८ मा लगातार दुई संस्करण जितेको सिटीले २०२१ र २०२२ मा लगातार उपाधि जित्न सफल भयो।

नाटकीय खेलमा एस्टोन भिल्लालाई ३–२ गोल अन्तरले सिटीले उपाधि रक्षा गर्न सफल भयो। ७५ मिनेटसम्म २ गोलले पछि परेको सिटीले नाटकीय रुपमा ३ गोल गर्दै जित पक्का गर्न सफल भयो। ३८ खेलबाट ९३ अंक बनाउँदै सिटीले उपाधि जित्न सफल भयो। म्याटी क्यासले गोल गर्दै एस्टोन भिल्लालाई ३७ औं मिनेटमा अग्रता दिलाएका थिए। ६९ औं मिनेटमा फिलिपे काउटिन्होले गोल गर्दै एस्टोन भिल्लाको अग्रता दोब्बर बनाउँदा सिटी निकै दबावमा आएको थियो।

गुन्डोगनले ७६ औं मिनेटमा सिटीका लागि गोल गर्दै खेलमा फर्काउने संकेत गरेका थिए। रोड्रिगोले ७८ औं मिनेटमा गोल गरेपछि सिटीले नाटकीयरुपमा बराबरीमा खेल ल्याएको थियो। गुन्डोगनले ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि सिटीले सहजरुपमा प्रिमियर लिगको उपाधि जित्न सफल भयो।


  •  
  •  
  •