प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

64
  •  
  •  
  •  


एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाएको छ ।

आइतबाराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा १–० गोल अन्तरले हराउँदै १० अंकको अग्रता बनाएको हो ।

म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यानचेस्टर सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । आर्सनल भने लिगको दशौं स्थानमा रहेको छ । आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।

यस्तै प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा रहेको लेस्टर सिटी विजयी भएका छन् ।

म्यानचेस्टर युनाइटेडले न्यूक्यासललाई ३१ गोल अन्तरले पराजित गरेको हो भने लिसेस्टरले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्यो । जितपछि म्यानचेस्टर युनाइटेड र लेस्टरको समान ४९ अंक भएको छ।


  •  
  •  
  •