लिग लिडर चेल्सी बराबरीमा रोकियो, म्यानचेस्टर युनाइटेड र लिभरपुलको जित

187
  •  
  •  
  •  

१४ मंसिर (एजेन्सी) इङ्लिस प्रिमियर लिगमा लिग लिडर चेल्सीलाई सन्डरल्यान्डले गोलरहित बराबरीमा रोकेको छ । शनिबार राति अबेर भएको खेलमा गोलरहित बराबरीमा रोकिए पनि चेल्सीले लिगमा अपराजित यात्रालाई १३ खेलसम्म लम्बाउन सफल भयो ।

३३ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको चेल्सीले जारी सिजनमा १० खेलमा जित निकाल्दा ३ खेल बराबरीमा रोकिएको छ । दोस्रो स्थानको साउथह्याम्टनको २६ र तेस्रो स्थानको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको २४ अंक छ । यद्यपी दुबैले एक खेल कम खेलका छन् ।

शनिबार राति भएका अन्य खेलमा म्यानचेस्चर युनाइटेडले हल सिटीलाई ३–० ले हरायो । युनाइटेडको जितमा क्रिस स्मलिङ, वाइन रुनी र रोबिन भान पर्सिले एक–एक गोल गरे । जितपछि युनाइटेड २२ अंक जोड्दै चौथो स्थानमा यथावत छ ।

अन्य खेलमा आर्सनलले वेस्ट ब्रुमिचलाई १–०, लिभरपुलले स्टोक सिटीलाई १–०, क्युपीआरले लेइस्चरलाई ३–२ र वेस्ट ह्यामले न्युकासललाई १–० ले पराजित गरे । बुर्लि र एस्टन भिल्लाले तथा स्वान्सी र क्रिस्टल प्यालेसले १–१ को बराबरी खेलेका छन ।


  •  
  •  
  •