प्रिमियर लिगमा शीर्ष तीन टिम बराबरीमा रोकिए

213
  •  
  •  
  •  

१४ पुस (एजेन्सी) : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा रहेको तीनै टोली आइतबार रातिको खेल बराबरीमा रोकिएका छन् ।

शीर्षस्थानमा रहेको चेल्सीलाई साउथ ह्याम्पटनले १–१ को बराबरीमा रोक्यो । त्यस्तै, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बार्नलीविरुद्धको २–० को अग्रता जोगाउन नसक्दा चेल्सीसँगको अंक दूरी १ मा झार्ने मौका गुमायो । लिगमा चेल्सी १९ खेलबाट ४६ अंकसाथ शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको सिटीको ४३ अंक छ ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग गोलरहित बराबरी खेल्यो । समान १९ खेलबाट युनाइटेडको ३६ अंकसाथ तेस्रो स्थानमा छ । म्यानचेस्टर सिटीले ३३ मिनेटमा दुई गोलको अग्रता लिइसकेको थियो ।

उसका लागि २३औं मिनेटमा डेभिड सिल्भा र ३३औं मिनेटमा फर्नान्डिन्होले गोल गरे । तर, रेलिगेसन जोनबाट गु्रजिरहेको बार्नलीले ४७औं मिनेटमा जर्ज बोइड र ८१औं मिनेटमा एस्ले वार्नसले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा रोकेपछि सिटी अंक बाँड्न बाध्य भयो ।

यसअघि साउथह्याम्पटनले सिटीविरुद्ध १७औं मिनेटमा मानेकोको गोलबाट अग्रता लिए पनि इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काएका थिए । गएरातिका खेलमा आर्सनलले वेस्टह्यामलाई २१ गोल अन्तरले हराएको छ । जितसँगै आर्सनल तेस्रो स्थानमा आइपुगेको छ ।


  •  
  •  
  •