प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटी विजयी

334
  •  
  •  
  •  

काठमाडौं, २८ मंसिर (एजेन्सी) : इंग्लिस प्रिमियर लिग फुटबलअन्र्तगत शनिबार भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी, आर्सनल, वेष्ट ब्रोम र बर्नली विजयी भएका छन् ।

लिगमा चेल्सीले हल सिटीलाई २–० ले पराजित गरेको हो । जितपछि चेल्सीको १६ खेलबाट ३९ अंकसाथ तालिकाको शीर्षस्थान यथावत् छ । गएराति नै भएको खेलमा म्यानचेष्टर सिटीले लिसेस्टर सिटीलाई १–० ले हराउँदै ३६ अंकसहित दोस्रो स्थानमा कायम छ ।

आर्सनलले भने न्युक्यासललाई ४–१ ले हराउँदा १६ खेलबाट २६ अंक बनाउन सफल भएको छ । वेष्ट ब्रोमले एस्टन भिल्लालाई तथा बर्नलीले साउथ ह्याम्पटनलाई १–० ले पराजित गरेका छन् । यसैगरी, क्रिकष्टल प्यालेस र स्टोक तथा सन्डरल्यान्ड र वेष्टह्यामबीचको खेल भने १–१ को बराबरीमा रोकियो ।

franklampard


  •  
  •  
  •