धनगढी प्रिमियर लिग हुने

135
  •  
  •  
  •  

काठमाडौं । आगामी फागुनमा धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)को चौथो संस्करण आयोजना गरिने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता फागुन १५ देखि २७ गतेसम्म संचालन हुने जनाएको हो ।

ट्वान्टी–२० फम्र्याटमा हुने प्रतियोगितामा ६ वटा सहरका फ्रेन्चाइजी टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि खेलाडीको छनोट अक्सनबाट हुनेछ ।

सबै टिमले तीनजनासम्म विदेशी खेलाडी खेलाउन पाउनेछन् । अक्सनमार्फत खेलाडी अनुबन्ध गरी आयोजना सुरू भएको यो नेपालको पहिलो ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हो ।

प्रतियोगिताको विजेताले ३० लाख जित्नेछ । गत संस्करणको उपाधि सिवाईसी अत्तरियाले जितेको थियो ।


  •  
  •  
  •