म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई हरायो

71
  •  
  •  
  •  

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । बेन्चमा रहेका सर्जियो अग्युरोले मैदान छिरेको ६ मिनेटमै गोल गरेपछि सिटीले शेफिल्डलाई एक–शून्यले हराएको हो ।

शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा ग्याब्रियल जेससले प्रहार गरेको पेनाल्टी शेफिल्डका गोलकिपरले रोकेपछि पहिलो हाफमै सिटीले अग्रता लिने मौका गुमाएको थियो । ६७औँ मिनेटमा मैदान प्रवेश गरेका अग्युरोले ७३औँ मिनेटमा केभिन डी ब्रुयनको पासलाई गोलमा परिणत गरेका थिए ।

यो जितसँगै सिटीले तालिकामा ५१ अङ्क बनाएको छ ।


  •  
  •  
  •