प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक

83
  •  
  •  
  •  

काठमाडौं । मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित फिल्म ‘प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक भएको छ ।

‘सुन सुन चम्पा’ बोलको गीतमा ‘बुगी बुगी’ विजेता कविता नेपालीसँगै फिल्मका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री मोनिका दाहालले ठुम्का लगाएका छन् । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको कोरियोग्राफर एकेन्द्र सारा संसार हुन् । गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएकोछ ।

फिल्मको हाइप निर्माणमा ‘सुन सुन चम्पा’ गीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । पारिवारिक प्रेमकथामा फिल्म आधारित रहेको बताइएको छ ।

फिल्ममा प्रेम र मोनिकासँगै आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् भने, फिल्मका निर्माता पनि उनी नै हुन् । दिपेन्द्र बस्न्यातले फिल्म खिचेका हुन् ।

कमल सुनार र सीता सुनार पनि निर्माता रहेको फिल्मका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् ।
यो फिल्ममा शंखर महर्जनको एक्सन छ ।

 


  •  
  •  
  •