‘प्रेमगीत ३’ को औपचारिक रुपमा छायांकन शुरु

90
  •  
  •  
  •  

काठमाडौं । ‘प्रेमगीत ३’ को औपचारिक रुपमा छायांकन शुरु भएको छ । दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै काठमाडौंबाट फिल्मको छायांकन शुरु गरिएको हो ।

फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौं र बाँकी ५५ प्रतिशत मनाङमा हुनेछ । फिल्मको छायांकनका लागि कीर्तिपुरमा भब्य सेट खडा गरिएको छ ।

निर्माता सेनले फिल्मको सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा छायांकनका लागि मुस्ताङबाट मगाइएको घोडामा हुने बताए । उनले फिल्मको निर्माण लागत ३ करोड नाघ्ने अनुमान गरेका छन् ।

५५ दिने छायांकन सेड्युल बनाइएको ‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काले प्रमुख भूमिका निभाउँदैछन् ।

फिल्ममा ‘गीत’ को भूमिकामा नव–अभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् । मंगलबार साँझ फिल्मको मोसन पोस्टर सार्वजनिक गरिएको थियो । जसमा अभिनेता प्रदीप खड्का योद्धा अवतारमा देखिएका थिए ।

२ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको फिल्मको निर्देशन छेतेन गुरुङ र सन्तोष सेनले मिलेर गर्दैछन् । प्रदीप र क्रिस्टिनाका अलावा फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले फिल्ममा राजाको भूमिका निभाउँदैछन् ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार शान सेन सह(निर्मातामा छन् । फिल्म चैत २८ मा रिलिज हुने जनाइएको छ ।


  •  
  •  
  •