प्राविका प्रअमाथि ५ लाख ७२ हजार भ्रष्टाचार गरेको अभियोग

128
  •  
  •  
  •  

bises adalat_20130903015017काठमाडौं, २८ असार (ओएनएस) :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले पाँच लाख ७२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै मुद्दा दायर गरेको छ ।

अख्तियारले इलामको महमाई गाविस १ स्थित श्री विन्ती विनायक प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रेम वहादुर नेम्वाङ सुब्बामाथि सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हव ।

अख्तियारले प्रअ सुब्बाले आर्थिक वर्ष २०६४।६५ देखि २०६७।६८ सम्मको छात्रवृत्ती, पाठ्यपुस्तक जस्ता विभिन्न शीर्षकहरुमा सरकारी अनुदानको रुपमा प्राप्त रकम हिनामिना गरेको अभियोग लगाएको छ । जसबाट नेपाल सरकारलाई हानि नोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ द्वारा अनुसार कसुर गरेको पुष्टीहुन आएकोले सुब्बामाथि मुद्दा दाय गरिएको जनाएको छ ।

उनीमाथि  पाँचलाख बहत्तर हजार छ सय चौसठी रुपैयाँ  विगो कायम गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी दफा ३(१) तथा दफा ३(१)को खण्ड (ङ) बमोजिम हदैसम्मको सजाय हुन मागदावी गरिएको छ ।


  •  
  •  
  •