समायोजमा जाने प्रहरीको बढुवा गर्न सकिँदैन : गृहसचिव

184
  •  
  •  
  •  

काठमाडौं । सरकारले समायोजमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा ‘प्रहरी समायोजन विधेयक २०७६’ छलफलको क्रममा गृहसचिव प्रेम कुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताए ।

बैठकमा उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने बताए ।
समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट शसस्त्रमा लैजादा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।


  •  
  •  
  •