अचम्म ! ६५ वर्षीया महिलाको गर्भमा ४ बच्चा

316
  •  
  •  
  •  

काठमाडौ, २ बैशाख(एजेन्सी) : एक ६५ वर्षीय जर्मनकी शिक्षिका एनेग्रेट रोनिकले चार बच्चालाई एकसाथ जन्म दिने भएकी छिन् । आमरूपमा ६५ वर्ष बच्चा जन्माउने उमेर होइन, त्यहीमाथि उनको गर्भमा ४ बटा बच्चा बढिरहेका छन् । यो एउटा अनौठो घटना हो ।

रिपोर्टका अनुसार रोनिक गर्भावस्थाको २१ औ हप्तामा छिन् र उनी स्वस्थ छिन् । समाचारहरूमा जनाइए अनुसार यदी उनको गर्भावस्थामा अन्य कुनै वाधा नआई उनले चार बच्चालाई जन्म दिइन् भने उनी ४ बच्चालाई एकसाथ जन्म दिने सबैभन्दा बढि उमेरकी पहिलो महिला हुनेछिन् । उनी अहिले पनि १३ वटा बच्चाकी आमा हुन् । उनले एक दशक अगाडि आफ्नो सबैभन्दा सानी छोरीलाई जन्म दिएकी थिइन् ।

तर, सबैभन्दा अधिक उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी ारिया डेल कार्मेन बाउसाडा लाराको नाममा रहेको छ । उनले सन् २००६ मा ६६ वर्षको उमेरमा जुडुवा बच्चालाई जन्म दिएकी थिइन् ।

यो उमेरमा गर्भधारण कसरी सम्भव छ ?
जुन महिलामा महिनाबारीको क्रम रोकिएको हुन्छ ती महिला गर्भवती हुनु सम्भव हुँदैन । यसका लागि चिकित्सकीय सहयोगको आवश्यकता पर्छ । उनलाई कुनै डोनरको आवश्यकता पर्छ । महिलाहरूमा बढ्दो उमेरसँगै अण्डाणुहरूको संख्यामा कमी हुने गर्छ र ३५ वर्षको उमेरपछि त उनीहरूमा निकै कम अण्डाणुहरू हुने गर्छ । तर, सबै महिलामा यस्तो हुनु सम्भव हुँदैन । बर्मिंघम वुमेन्स फर्टिलिटी सेन्टरकी विषेशज्ञ डा. सू एवरीका अनुसार उमेर पुगिसकेका महिलाहरूमा गर्भाधारण प्रक्रिया निकै जटिल हुन्छ र यस्तो अवस्थामा निकै सावधानी अपनाउनुपर्ने हुन्छ ।

तर, यदी डोनर अण्डाणु कुनै भर्खरकी महिलाबाट लिइएको हो भने अवस्था फरक हुने डा. सुले बताइन् । अण्डाणु र शुक्राणू मिल्नुअघि हर्मोन इस्ट्रोजेन थेरापी दिनु जरूरी हुन्छ जसले गर्भासयको भित्ता भ्रुणका लागि तयार होस् ।

annegret-raunigk1जब अण्डाणू गर्भासयमा ट्रान्सप्लान्ट गरिन्छ, तब गर्भावस्थालाई उपयुक्त अवस्थामा राख्नका लागि महिलालाई हर्मोन दिने गरिन्छ । महिलालाई गर्भावस्थालाई उपयुक्त अवस्थामा राख्न चाहिने हर्मोनहरू बढि उमेरका महिलामा कमी हुने हुनाले हर्मोन दिने गरिन्छ ।

डा. एवेरीले भनिन्, ‘गर्भवती महिला बढि उमेरकी छिन्, तर, अण्डाणु भर्खरकी महिलाबाट लिइएको हो र गर्भाधारणको प्रक्रियालाई पुरा गर्नका लागि हर्मोनको मद्धत लिइएको हो ।’

एवेरीका अनुसार रोनिकको अवस्थामा संकट ल्याउन सक्ने सम्भावना भनेको बच्चाहरूको संख्या हो ।


  •  
  •  
  •