डिजल छर्किएर आगो लगाउन प्रयास गरेको घटनाप्रति काहुरास्टद्धारा निन्दा

248
  •  
  •  
  •  

काठमाडाैँ , ३ चैत (ओएनएस) : मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट) नेपालका चितवन जिल्ला अध्यक्ष गोकर्ण सापकोटामाथि डिजल छर्किएर आगो लगाउन प्रयास गरेको घटनाको काहुरास्टले प्रेस विज्ञप्ती जारी गर्दै घोर निन्दा गरेको छ ।

सापकोटामाथि आज बिहान ८.५० बजे भरतपुर महानगरपालिका ७ कटहरचोक नजिक आक्रमण भएको विज्ञप्तीमा उल्लेख छ।

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृतका साथै नेपाल बार एशोसिएन चितवनका सदस्यसमेत रहेका सापकोटा कपाल काटेर स्कुटरमा घर फर्कंदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले उनलाई रोकी डिजल छर्किएर आगो लगाउने प्रयास गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

सापकोटा कपडा समातेर आगो लगाउने प्रयास गर्दा आफै कपडा च्यातेर बच्न सफल भएका थिए भने हल्लाखल्ला भएपछि स्थानीयवासी जुट्न थालेपछि आक्रमणकारीहरु भागेको अध्यक्ष सापकोटाले बताए।

नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकारको संरक्षण गर्न एवम् मानवअधिकारको प्रत्याभूति गर्न काहुरास्ट सरकारसँग आग्रह गर्दछ ।

साथै भएको घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषी उपर कडा कार्वाही गर्न पनि काहुरास्ट नेपाल हार्दिक अनुरोध गर्दछ ।


  •  
  •  
  •