मुख्य विवादित विषयमा प्रक्रियामा गए प्रतिवाद

83
  •  
  •  
  •  

काठमाडौं, २० असोज (ओएनएस)  : संविधानसभा भित्र र बाहिरका २२ दलले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सहमतिमा नै संविधान जारी गर्न दबाब दिने उद्देश्यले एमाओवादी नेतृत्वमा २२ दलले दबाबमुलक कार्यक्रम घोषणा गरेका हुन् । संघीय गणतान्त्रिक मोर्चा, पहिचान पक्षधर संघीय गणतान्त्रिक गठबन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनले सोमवार एमाओवादी संसदय दल सिंहदरवारमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।

सो अवसरमा एमााओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले जसरी पनि संविधान जारी गर्ने योजनमा रहेको भन्दै प्रक्रियामा गएर संविधान जारी गरे आफूहरुलाई मान्य नहुने बताए । ‘पहिलो संविधानसभामा प्रक्रिया जाउँभनदा उहाँहरुले नै विरोध गरेको हो, दाहालले भने,‘अहिले हामी कमजोर भएको बेलामा प्रक्रियामा जाने कुरा हामीलाई स्विकार्य छैन ।’ दाहालले संघीयता, शासकीय स्वरुप तथा न्याय प्रणालिबाहेकका विषमया प्रक्रियामा गए आफूहरुलाई कुनै आपत्ति नहुने बताए । ‘झिना मसिना कुरामा प्रक्रियामा गए हामीलाई कुनै आपत्ति छैन, उनले भने,‘तर, मुख्य विवादित विषयमा भने सबै दलको सहमति आवश्यक छ । यदि प्रक्रियामा गएर संविधान जारी गर्ने कोसिस हुन्छ भने त्यसको हामी प्रतिकार गर्छौ ।’

२२ दलले असोज २४ देखि ३१ गतेसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार असोज २४ गते काठमाडौ.को माईतीघर मण्डलामा विरोध कार्यक्रम गर्ने, २७ गते इटहरीमा विरोध कार्यक्रम गर्ने, २९ गते दाङमा र ३१ गते राजधानीमा जनसभा गर्ने निर्णय गरेको छ ।


  •  
  •  
  •