काठमाडौं ३ माघ (ओएनएस) : सत्तासिन दलका युवाहरुले संविधान जारी गर्न दवाव अभियान सुरु गरेका छन् । संविधान निर्माणका लागि सभासदहरुलाई दवाव दिन युवाहरुले आज अर्धनग्न जुलुस निकाल्ने भएका छन् ।
आज संविधानसभा बाहिर एमाले निकटको युवासंघ नेपालले संविधाननिर्माणमा युवादवाव अन्तर्गत अर्धनग्नजुलुस प्रर्दशन गर्न लागेको हो । माघ ८ भित्रै संंविधान नवानए जनताबाट ६०१ नाङगिने भन्दै युवा संघ नेपालले दवाव स्वरुप अर्धनग्न जुलुस निकाल्न लागेको युवासंघका प्रवक्ता प्रभावविक्रम कटवालले जानकारी दिए । बुद्धनगरबाट युवाहरुको जुलुस संविधानसभाभवनसम्म पुग्नेछ ।