मुस्ताङबाट एमालेका प्रेम तुलाचन निर्वाचित

598
  •  
  •  
  •  

मनाङ, २२ मंसिर (ओएनएस) : मुस्ताङबाट प्रतिनिधिसभामा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । उनी ३ हजार ५ सय ४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका रोमी गौचन थकालीले ३१ सय ४४ मत प्राप्त गरे ।

प्रदेशसभा ‘क’ मा एमालेकै इन्द्रधारा डाडु विष्ट निर्वाचित भएका छन् । विष्टले १ हजार १ सय ६७ मत ल्याए भने उनका प्रतिद्धन्द्धी कांग्रेसका मिक्युर गुरुङले ६ सय ५७ मत ल्याए वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गरेका छन् ।

 


  •  
  •  
  •