काठमाडौं, २ कार्तिक (ओएनएस) : दसैंको शुभ साइतमा शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा राष्ट्रपति भण्डारीले आमाको हातबाट टीका ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले काका जयन्त पाण्डेको हातबाट टीका र जमरा ग्रहण गरेकाे राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपतिले शीतल निवासमा टीका र जमरा ग्रहण गर्नु अगाडि हनुमानढोकामा रहेको दसैं घरमा मुल पुरजारीको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेकी थिइन् ।परम्परादेखि नै राष्ट्रप्रमुखले दसैं घरका मुल पुजारीको हातबाट प्रसाद स्वरुप टीका र जमरा लिने चलन छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले १ बजे प्रधानमन्त्री र दिउँसो ३ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।