प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण(विवरणसहित)

88
  •  
  •  
  •  

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति सार्वजनिक गरेका हुन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै उनले सम्पत्ति विवरण सार्वजनिक गरे ।

आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न समेत उनले आग्रह गरेका छन् ।

थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाएका छन् ।

हेर्नुहोस् विवरण


  •  
  •  
  •