काँग्रेस–एमालेप्रति खनिए प्रचण्ड, संबिधानसभा भंग गर्न खोजेको आरोप

202
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले काँग्रेस एमाले संयुक्त प्रस्ताव ल्याएर संबिधान लेखन प्रक्रिया भाड्न खोजेको आरोप लगाएका छन् । एमाओवादी नेतृत्वको मोर्चाले राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले काँग्रेस–एमाले संबिधान निर्माण प्रक्रिया भाड्ने खेलमा रहेको बताए ।

उनले काँग्रेस–एमालेको पछिल्ला क्रियाकलापले संबिधानसभा भंग गर्ने संकेत गरेको बताए । संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्ताव  पठाउँदैनौ नभनेको बताउँदै काँग्रेस एमालेको प्रस्तावलाई अनुशुचीमा राख्नु पर्ने भन्दा दलहरु विवाद भएको बताए ।

उनले काँग्रेस एमालको सात प्रदेश सहितको प्रस्ताव पठाउदा बिगतका सम्झौताको मान्यता बिपरित हुने बताए । उनले शनिबार साँझ भएको छलफलमा काँग्रेस एमालेको प्रस्तावलाई २२ दलीय मोर्चा राख्ने कुरा भएको बताए । उनले शनिबार कुनै सहमति नभएको बताउँदै काँग्रेस एमालले नियोजित प्रचार गरेको समेत दाबी गरे ।


  •  
  •  
  •  

Comments are closed.