कम्युनिस्टको संस्कार र प्रवृत्तिमा समस्याहरु बढेको छ : प्रचण्ड

88
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संस्कार, विचार, राजनीति र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको उल्लेख गर्दै त्यसले राम्रो संकेत नगरेको बताए ।

कम्युनिस्ट पार्टी, नेता कार्यकर्ताहरु सत्तामा नहुँदा, आन्दोलनमा हुँदा निक्कै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, मन जित्न सक्ने, नभएको सत्ता प्राप्त गर्न सक्ने हुन्छन्,’ शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीहरु सत्तामा पुगिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट बिचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन् र नेपालका इतिहासमा पनि त्यसका संकेतहरु, लक्षणहरु देखिने गरेका छन् ।’

शोभियत संघको विघटनको प्रसंग उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट च्यूत हुँदा समस्या आउने गरेको बताए ।

‘हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु देखिन थालेका छन्, अहिले नै भइसक्यो भन्या होइन, आजभोलि यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने, बिग्रिनेतिर जान थाले,’ प्रचण्डले भने ।


  •  
  •  
  •