पत्रकार महासंघ भारत शाखाको अध्यक्षमा लोकेश शाह

552
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
भारतको राजधानी दिल्लीस्थित महासंघकै सभाहलमा आइतबार सम्पन्न अधिवेशनले लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमतिमा गठन गरेको छ ।

समितिको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी (खुल्ला), सचिव धन वीर पुन (समावेसी) र कोषाध्यक्षमा धन बहादुर विक चयन भएका छन् ।

सदस्यमा इन्द्रकमल जैरु, बाबुरोका मगर , भेषराज पौडेल, खुमबहादुर गुरुङ र केशवराज पोख्रेल चयन भएका छन् भने प्रमुख सल्लाहकारमा निवर्तमान महासचिव गोविन्द पोख्रेल र सल्लाहकार सदस्यमा ऋषिराम अधिकारी रहेका छन् ।

कार्यक्रममा महासंघ केन्द्रीय समितिका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारहरु आम नागरिक भन्दा माथि नभएको बताउँदै आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका थिए ।


  •  
  •  
  •