ड्रिकवाटरलाई २० महिनाको प्रतिबन्ध

83
  •  
  •  
  •  

काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिकवाटरलाई ड्रिंक एण्ड ड्राइभमा २० महिनाको प्रतिबन्ध लगाइएको छ ।

मादक पदार्थ सेवन गरेर गाडी चलाएको भन्दै उनलाई इंग्ल्याण्ड प्रहरीले प्रतिबन्ध लगाएको हो ।

गत अप्रिल ८ तारिखमा रक्सी पिएर गाडी चलाउँदा उनी दुर्घटनामा परेका थिए । जसका कारण दुई महिला घाइते भएका थिए ।

लेस्टर सिटीबाट २०१७ मा चेल्सी पुगेका उनी म्यानचेस्टर युनाइटेडको एकेडेमीका उत्पादक हुन् ।
प्रतिबन्धका बारेमा भने उनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।


  •  
  •  
  •