विवादित विषयमा प्रश्नहरु बने

88
  •  
  •  
  •  

काठमाडौं, २५ माघ (ओएनएस) : संविधानको विवादित विषयमा प्रश्नाली तयार गर्न गठीत प्रश्नावली निर्माण समितिअन्तर्गतको उपसमितिले विवादित सबै विषयमा प्रश्नहरु तयार गरेको छ । विवादित विषयमा प्रश्नहरु तयार गर्न अग्नी खरेलको संयोजकत्वमा गठीत ९ सदस्यीय उपसमितिले मौलिक हक, प्रस्तावना र संसोधनको विषय, संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकमा प्रश्नहरु तयार गरेको हो ।

समितिले अन्तिम दिन राज्य पुन्ः संचरचनामा मात्र ६५ वटा प्रश्न तयार गरेको छ । राज्य पुनःसंचरनाको बारेमा ३ देखि १५ प्रदेश हुन पर्ने विषयमा प्रश्न बनेका छन् । यी विषयहरुमा २ सय ३० भन्दा बढि प्रश्नहरु तयार भएको उपसमितिका एक सदस्यले ओनएनएसलाई जानकारी दिए ।

ती सदस्यका अनुसार प्रश्नहरु तयार गर्दा विपक्षी मोर्चासँग सहमति गर्न सकिने गरि प्रश्नावली तयार गरिएको छ । अघिल्लो संविधानसभामा नउठेका तर दोस्रो संविधानसभामा उठेका विषयमा भने प्रश्नावली निर्माण गरिएको छैन । समितिले हालसम्म विगतको संविधानसभामा रहेका ६ वटा समितिको प्रतिवेदनमा विवादित रहेका झण्डै २ सय ३० भन्दा बढि प्रश्न बनाएको छ ।

प्रश्नलाई प्रस्ताव निर्माण समितिको मूल समितिमा छलफलपछि संविधानसभामा पठाइनेछ । समितिको म्याद आइतबारसम्म मात्र भकोले भोलि सोमबारको बैठकमा समितिले प्रतिवेदन पेश गर्नेछ ।

प्रश्नहरुलाई समितिमा छलफलपछि संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । संविधानसभाको बैठकमा विवादित विषयमा तयार पारिएको प्रश्नहरुलाई बहुमतको आधारमा टुङ्गो लगाइनेछ ।

यद्यपी सत्तापक्षले जबरजस्ती रुपमा प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले समितिको बैठक बहिष्कार गरेका छन् ।

उनीहरुले संविधानसभाको बैठकमा पनि भाग नलिने निर्णय गरेका छन् । यस्तै राप्रपा नेपालले पनि आफ्ना मुद्दामा प्रश्नावली नबनाएको भन्दै समितिको बैठक बहिष्कार गरिसकेको छ ।


  •  
  •  
  •