एसईईको प्रश्नपत्र रुजु गर्न निर्देशन

406
  •  
  •  
  •  

काठमाडौं, १५ चैत(ओएनएस) : केन्द्रीय सुरक्षा समितिको बैठकले लगायत एसईईको प्रश्नपत्र बाहिरिएपछि सबै जिल्लाका प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले साँझसम्म ७७ वटै जिल्लामा प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको हो ।

आकस्मिक बैठकले परिक्षा पद्धतिलाई फेल गराउनेगरी सांगठनिक अपराध भएको निष्कर्षसमेत निकालेको छ ।
यो सामान्य घटना नभएकाले सुरक्षा निकायसँग पनि छलफल गरेको शिक्षा सचिव खगराज बरालले बताए ।

प्रश्नपत्र बाहिरिनु सांगठनिक र लक्षित खालको अपराधजस्तो देखिएको भन्दै उनले सुरक्षा सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ । उनले प्रश्नपत्र बाहिरिनु व्यवस्थापन मात्र नभएर सुरक्षाको पनि विषय भएको बताए ।
प्रश्नपत्र रुजु गरेपछि साँझ ६ बजे उच्चस्तरीय सुरक्षा समन्वय समितिको बैठक बस्नेछ ।

परीक्षा सुरु हुनु अगावै प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगित भएको छ ।

एकदिन अगाडि नै बुधबार विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने बिहीबार राति नै सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएपछि शुक्रबारको परीक्षा पनि रद्द भएको छ ।
लगातार परीक्षा रद्द भएको भन्दै विद्याथीहरुले आज बिहान टायर बालेर प्रदर्शन समेत गरेका थिए ।


  •  
  •  
  •