विदेशी प्रशिक्षक हान एबिङ नेपाल आउने

124
  •  
  •  
  •  

काठमाडौं । एसियन सेन्ट्रोल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक हान एबिङ नेपाल आउने भएका छन् ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ –एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक एबिङलाई नेपाल पठाउन लागेको हो । उनी असार चार गते नेपाल आइपुग्नेछन् ।

नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान पहिलो पटक नेपाली भलिबलको प्रशिक्षकका रुपमा आउन लागेको हुन ।
२५ वर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।
उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
उनी नेपालमा तीन महिना रहनेछन् ।


  •  
  •  
  •