उपत्यकाका प्रशासन कार्यालय अत्यावश्यकबाहेक १५ दिन बन्द

92
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा दुई साताको लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द हुने भएको छ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्याआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।

कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सर्वसाधारणमा फैलिन सक्ने जोखिम बढेका कारण मिति २०७७ साउन २५ गतेदेखि भदौ ८ गतेसम्मको लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ ।

बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।


  •  
  •  
  •