प्रनि खड्कालाई भारतमा ‘आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनर’

247
  •  
  •  
  •  

काठमाडौं । भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् ।
उनले ‘आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट समेत पुरस्कृत भएका छन् ।

उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल भएका हुन् ।
साथै प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्वीमीङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भएका छन् ।
२४ अगष्ट, २०१९ मा आयोजित दिक्षान्त समारोहमा भारतका संघीय गृहमन्त्री अमित साहले तालिमका विभिन्न विधाहरुमा पुरस्कार वितरण गरेका थिए । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधाहरूमा उत्कृष्ट भएको हो । करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्ट सहित २ चरणमा संचालन हुने गर्दछ ।
१८ डिसेम्बर २०१७ मा शुरु भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षकहरू उक्त तालिममा समावेश हुने गरेका छन् । सो अनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।


  •  
  •  
  •