प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस

381
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : संवैधानिक परिषद निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलिया सिफारिस गरेको छ ।
सोमबार बसेको परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको कार्यकाल गएको आइतबार सकिएको थियो ।
थपलियाले सोमबार नै सचिव पदबाट राजीनामा दिएका थिए । अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा थपलियाले सो पदमा नियुक्ति पाउने छन् ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएको परिषदले जनाएको छ ।
देउवाको अनुपस्थितिमा बसेको बैठकले समावेशी आयोगको सदस्यमा भने विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।


  •  
  •  
  •