प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाइ आजबाट

336
  •  
  •  
  •  

काठमाडौं, १७ चैत(ओएनएस) :  प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरु हुँदैछ ।

सुनुवाइ प्रक्रिया अघि बढाउनका लागि संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक केही समयपछि सिंहदरबारमा बस्दैछ ।

बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्ने छ । थपलियालाई गत चैत्र ११ गते संवैधानिक परिषदको प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिको सिफारिस गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव रहेका थपलियाले निर्वाचन आयोगको प्रमुखमा नाम सिफारिस भएपछि पदवाट राजीनामा दिएका थिए ।


  •  
  •  
  •