सभासद्का सुझाव बजेटमा समेटने प्रतिबद्धता

477
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस) सरकारका नीति तथा कार्यक्रममा सभासद्हरुले दिएका सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएको छ ।

व्यबस्थापिका संसदमा सरकारका नीति तथा कार्यक्रममाथी सभासद्हरुले उठाएका प्रश्नको जवाफ दिदै कार्यबहाक प्रधानमन्त्री बामदेव गौतमले उपयोगी सुझावलाई बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएका हुन् । सरकारका नीति तथा कार्यक्रम प्रगतिशील र देशका समस्या समाधान गर्न सक्षम रहेको गौतमले दावी गरे ।

सभासद्ले दिएका सुझावका आधारमा बजेट ल्याउने उनले आश्वासन दिए । सरकारको जवाफबाट चित्त नबुझेपछि सभासदहरु अर्जुन प्रसाद जोशी, केशब बडाल, शक्तिबहादुर बस्नेत लगायतले उपप्रधानमन्त्री गौतमलाइ प्रतिप्रश्न गरेका थिए ।

खुला अर्थतन्त्रमा सरकारले नियमित नियमन गर्ने सरकारले काय गर्ने छ। सभासदहरुले पेश गरेका सुझावहरु सरकारकै नीति तथा कार्यक्रमकै सेरोफेरोमा भएको भन्दै सिमीत स्रोत साधनबाट प्राथमिकताका आधारमा कार्यक्रम ल्याएको बताए।

त्यसैगरी सभासदहरुले उठाएका विकास निर्माणका कुरा सरकारको बजेटमा समावेश गर्ने बताएका थिए। गृहमन्त्रीको जवाफपछि व्यवस्थापिका–संसद्ले बहुमतका आधारमा सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार राष्ट्रपति डा रामबरण यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो र आज दुईदिनको छलफलपछि बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष एकीकृत नेकपा माओवादी सहितका दलले राखेका १३ वटा संसोधन प्रस्ताव नीति तथा कार्यक्रम पारित भएपछि अस्वीकृत हुनेछन् । नीति तथा कार्यक्रम माथि सत्तासिन दलकै सभासदहरुले विरोध जनाएका थिए । अब नीति तथा कार्यक्रम अनुसार सरकारले बजेटको बँडफाँड गर्नेछ ।


  •  
  •  
  •