बाढी पीडितको व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री

228
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढी पिडितहरुलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको बताए ।

उनले भने, ‘बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योेजना बनाउँदैछ । वर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ ।’

केही समय भित्रै बाढीले क्षती पु¥याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले सांसदहरुलाई बताए ।


  •  
  •  
  •