माओवादीले राजनीतिक सभामा भाग नलिएर महत्वपूर्ण अवसर गुमाएको दाबी

104
  •  
  •  
  •  

काठमाडौं, २ असोज ( ओएनएस) : उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा–माओवादीले सर्वदलीय राजनीतिक सभामा भाग नलिएर संविधान निर्माणमा सहमति जुटाउन महत्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

नयाँ संविधान सहमति र सहकार्यमा नै तयार हुनुपर्छ भन्ने मूल मान्यताले प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय राजनीतिक सभा बोलाएको तर्क गर्दै सो सभामा भाग नलिएर नेकपा–माओवादीले गम्भीर भुल गरेको टिप्पणी गरे ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको १७ आँै स्मृति दिवसका अवसरमा गणेमानसिंह अध्ययन प्रतिष्ठानद्वारा आज शोभाभगवतीमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममो नेकपा–माओवादीसित संविधान निर्माणमा सहमति जुटाउन सहकार्य समाप्त भई नसकेको उल्लेख गर्दै सिहले निर्धारित समयभित्र संविधान जारी गर्न आफ्नो पार्टी हदैसम्मको लचकताका साथ प्रस्तुतभएको दाबी गरे ।


  •  
  •  
  •