‘५ जिल्लाको विवाद हल्ला मात्र’

250
  •  
  •  
  •  

prakashman singhपर्सा, २१ चैत(ओएनएस) : उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विपक्षीहरू संविधान जारी गर्ने पक्षमा नरहेको बताएका छन् । वीरगञ्जमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री सिंहले विपक्षीहरूको नियत तथा शैली संविधान जारी गर्ने दिशामा नरहेका कारण समस्या बढ्दै गएको बताएका छन् ।

उनले संविधान जारी गर्ने विषयमा एमाओवादी लगायतका दलले हलो अड्काउने काम गरेको बताएका छन् । उनले अहिले दलहरूबीच भएको भनिएको ५ जिल्लाको विवाद हल्ला मात्र भएको भन्दै दलहरू सहमतिमा आउन चाहेको हो भने ५ जिल्लाका कारण संविधान निर्माणको कार्य नरोकिने दावी गरेका छन् । उनले अल्पमतले बहुमतलाई सासन गर्ने अस्वाभाविक प्रयास भइरहेको भन्दै सडक आन्दोलनले समाधान नदिने बताएका छन् ।

सडक आण्दोलनले वातावरणलाई थप दुषित पार्ने बताउँदै सडकबाट जनतालाइ दुःख दिन छाडेर संविधानसभामा आएर सबै समस्याको हल गर्न विपक्षी दललाई आग्रह गरेका छन् ।


  •  
  •  
  •