बजेट चर्चामुखी मात्र : नेता सिंह

201
  •  
  •  
  •  

prakash man singhरौतहट, १७ जेठ(ओएनएस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारको गलत कदम विरूद्ध जिम्मेवार प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेस उभिने बताएका छन् ।

चन्द्रपुर नगर समितिद्वारा आज आयोजित कार्यकर्ता भेलामा उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा लान नसकिने दावी गरेका छन् । बजेट कार्यान्वयन भन्दा पनि चर्चामुखी भएको उनको भनाई छ । उनले सरकारले ल्याएको बजेट महत्वाकाङ्क्षी रहेको उल्लेख गरे ।

नेता सिंहले कांग्रेसलाई एकताबद्ध र संगठित गर्दै क्रियाशील बनाउँदै लैजानु पर्ने भन्दै गाउँ-गाउँमा गएर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।


  •  
  •  
  •