सोलुखुम्बु, ६ फागुन (ओएनएस) : नेपाली काँग्रेसका महामन्त्री प्रकासमान सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उमेद्वारी दिने घोषणा गरेका छन् ।
बुधबार सोलुखुम्बुको सल्लेरीमा रिपोर्टर्स क्लबको कार्यक्रममा महामन्त्री सिंहले पार्टीको आगामि भदौमा हुने १३ औं महाधिबेशनमा सभापतिको दाबेदार रहेको बताएका हुन् । आफु पार्टीको उपसभापति र निर्वाचित महामन्त्री समेत भैसकेकाले १३ औँ महाधिबेशनमा सभापतिमै चुनाव लड्ने सिंहको भनाई छ ।
पार्टीका सबै नेतृत्वपङ्तिको समर्थन लिएर आफु सभापति बन्ने उनकोे दाबी छ । उनले भने ‘म सबैलाई समेटेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्छु ।’
विपक्षीको आन्दोलनको कुनै तुक छैन
उपप्रधान एवं स्थानीय विकास सिंहले एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले भन्दैमा कुनै पनि हालतमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् ।
सिंहले संविधान निर्माणका लागि प्रकृया अगाडी बढाउँदा एमाओबादीहरुले अलोकतान्त्रिव्यवहार प्रदर्शन गरेर संविधानसभामाथि प्रहार गरेको आरोप समेत लगाए । सिंहले कुनै हालतमा प्रधानमन्त्रीले फेरी वक्तब्यन निकाल्ने भन्दै अहिलेकै अवस्थामा वार्तामाआए विपक्षिसँग वार्तामा बस्न सरकार तयार रहेको स्पष्ट पारे ।
१६ गते विपक्षीले गर्ने भनेकोे आन्दोलनको कुनै तुक नभएको भन्दै उनले सडकबाट संविधान जारी गर्ने दिवा स्वप्ननदेख्न समेत आग्रह गरे । मन्त्री सिंहले जुनसुकै परिस्थितिमा पनि संविधानसभाबाटै संविधानजारी हुने दाबी गरे ।
धर्मनिरपेक्षता र संघीयतान समेटि नयाँ संविधान जारी नहुने भन्दै हिजो मात्रै भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणुदेवीको भनाईलाई संकेत गर्दै मन्त्री सिंहले विदेशीले भन्दैमा २०६२÷६३ को जनआन्दोलनको मर्मलाई नभुल्ने बताए । उनले भने–‘आन्दोलनबाट प्राप्त भएका उपलब्धिबाट काँग्रेस कुनै पनि हालतमा पछि हट्दैन, भारतले भन्दैमा नेपालमा केही पनि हुँदैन ।’